s

कलाकार भिसामा युरोप पठाउँछु भनि रकम ठगी गर्ने कलाकार इकु पक्राउ

काठमाडौं : विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा चर्चित कलाकार सुलेमान शंकर इकु पक्राउ परेका छन् । उनलाई कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

विभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने र युरोपेली मुलुकहरुमा राम्रो काम र आम्दानी हुने भन्दै उनको रकम असुली गरेको सिआईबीको दाबी छ। शंकरले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्म प्रालिको नामको खातामा प्रतिव्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाएका थिए। कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेको सिआइबीको भनाई छ।

‘शंकरले आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंक लि मा रहेको खातामा प्रति व्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने तथा विदेश जान तयार मानिसहरूले खातामा रकम जम्मा गरिसकेपछि रकम जम्मा गर्ने व्यक्तिहरूले कलाकार भिसामा विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागी तयारी हुँदैछ। तयारी भएपछि खबर गर्छु भनी पीडितहरुलाई लामो समयसम्म झुलाई सम्पर्कबाट बाहिर रही ठगी गरेका छन्।’

Published on: 12 September 2024 | Annapurna Post

Link

Back to list

;