s

कैलालीको गौरीफन्टा नाकाबाट सोमबार दुई हजार बढी नेपाली भित्रिए

चाँदनी आचार्य

लम्की, जेठ १३ गते । कामका लागि भारत गएका र लकडाउनमा अलपत्र परेका सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका दुई हजार बढी नागरिक सोमबार नेपाल भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार गौरीफन्टा नाका हुँदै भित्रिएकामा सबैभन्दा बढी कैलालीका ६४७ रहेका छन् । डोटीका ५५३, बैतडी २५३, कञ्चनपुर १३४, डडेल्धुरा १९८ गरी दुई हजार २२७ जना आज नेपाल प्रवेश गरेका हुन् ।

उनीहरूलाई सम्बन्धित जिल्लामा समन्वय गरी पठाइएको छ । उक्त नाका हुँदै आइतबार करिब चार हजार नेपाली नागरिक भारतबाट नेपाल भित्रिएका थिए । भारतबाट नेपालीहरू आउनेकाे  सङ्ख्या दिन प्रतिदिन बढेसँगै कोरोनाको त्रास बढेको भन्दै स्थानीय तहले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताइएको छ ।

Published on: 26 May 2020 | Gorkhapatra

Link

Back to list

;