s

काबुल घटनाबारे एमालेः आप्रवासी कामदारको सुरक्षामा जोड

काठमाडौं, नेकपा एमालेले विदेशमा गएर काम गर्ने नेपाली कामदारहरुको सेवा र सुरक्षामा चासो दिएको छ । साथै उसले काबुल घटनामा मारिएकाहरुको परिवारका लागि राहतको प्रवन्त्र गर्न सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएको छ ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार बसेको एमाले स्थायी कमिटीको बैठकले आप्रवासी कामदारको सुरक्षाको प्रवन्ध गर्न सबैमा आग्रह गरेको हो ।
 
बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा आप्रवासी कामदारहरुको सेवा र जीवनको सुरक्षाका लागि आवश्यक प्रवन्ध गर्न भनिएको छ ।
 
एमाले बैठकले काबुलमा मारिएका नेपालीको शव स्वदेश ल्याउन भूमिका खेलेको भन्दै सरकारको प्रशंसासमेत गरेको छ । बैठकपछि जारी वक्तव्यमा भनिएको छ- ‘उक्त घटनामा जीवन गुमाएका नेपाली नागरिकहरुको शव ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाउने र त्यस घटनाका बारेमा जिम्मेवारीपूर्ण ढंगले कूटनीतिक पहल गरेकोमा बैठकले नेपाल सरकारको प्रशंशा गरेको छ । बैठकले घटनामा जीवन गुमाएकाहरुको परिवार तथा घाइतेहरुलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानआकर्षण गर्नुका साथै यसमा आवश्यक पहल गर्न सरकार समक्ष आग्रह गरेको छ ।’
 
राहतका लागि सम्बन्धित निकाय भनेको को हो भन्ने अनलाइनखबरको जिज्ञासामा एमाले सचिव योगेश भट्टराईले भने-‘सम्बिन्धत निकाय भन्नाले नेपालीहरुलाई काममा लगाउने कम्पनी र क्यानडा दूतावास अर्थात क्यानडा सरकारसमेत हो । उनीहरुले यसको दायित्व लिनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
 
Published on: 24 June 2016 | Annapurna Post

Back to list

;