s

कामको खोजीमा भारत जानेको लर्को

- मोहन बुढाऐर, धनगढी
 कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकामा कामका लागि भारतका बिभिन्न शहर पस्ने नेपालीहरूको लर्काे लाग्न थालेको छ । उनीहरू हिउँदे वाली लगाई सकेर कामका लागि भारत जान लागेका हुन । मंसिर देखि नै हिउदेयाममा बर्षेनी नेपाली कामदार रोजगारीका लागि त्यता जाने गर्छन । सुदूर र मध्यपश्चिमका बिभिन्न जिल्लाबाट नेपालीहरू भारतको बिभिन्न शहरमा काम गर्ने जानेंहरूको लर्काे बर्षमा दुई पटक लाग्नें गरेको छ । दशै तिहार मनाउन घर फर्केका नेपाली हिउदें वाली लगाएर मंसिरदेखि माघसम्म कामका लागि पुन: भारत पस्नें गरेका छन । उनीहरू प्राय नया बर्षको सुरुवातसंगै गहुँवाली भित्र्याउने र बर्खेवाली लगाउन घर फर्कने गर्छन ।
 
 त्रिनगर भन्सारको प्रहरी पोष्टका सई मोहनसिह धामी भनें, ‘बडो बिजोग लाग्छ, भारत पस्ने नेपालीको लर्काे देख्दा ।’ उनका अनुसार दिनहु दुइ सय भन्दा बढी नेपालीहरू भारत पस्नें गरेका छन । ‘५०/६० जनाको एउटैं समुह भारततर्फ जाने गरेका छन्’ उनले भनें । हिउदें बाली लगाई सकेर कामको खोजीमा सोमवार भारत जान लागेका अछाम चौखुट्टेका मानबहादुर साउदले भनें, ‘अव बर्खेवाली लगाउन जेठ/ असार तिर फर्कन्छु ।’ उनले घरका खेतीबाट हुने उत्पादनले ६ महिना मात्रैं खान पुग्नें भएकोले बर्षेनी कामका लागि भारत पस्नें गरेको बताए । ‘घरको जमिन पनि बाझो नहोस भन्नकै लागि हिउदें र बर्खे बाली लगाउन ६/६ महिनामा फर्कन्छु,’ उनी भन्छन, ‘यो हाम्रो परम्परा जस्तो भईसक्यों ।’ 
 
भारत पस्नें लर्कोमा परिवार सहित जानेंहरू नेपालीहरू सख्या पनि उल्लेखनिय देखिनें गरेको छ । परिवार सहित भारत पस्नें नेपालीहरू भनें प्राय बर्षमा एक पटक मात्रैं घर फर्कनें गरेको पाईयों । दशै तिहार मनाउन घर फर्केको बताउनें लक्षमण बिकले दश बर्ष देखी परिवार सहित भारतको मुम्वईमा बस्दैं आएको बताए । भारतमा परिवार सहित बस्नु पर्दा उनले केटाकेटीको शिक्षादिक्षामा असर परेको बताए । लक्ष्मणको परिवार उतै बसेको देखेर यसपल्ट छिमेकी हर्क बिकलाइ पनि काम गर्ने ठाउमैं लैजान लागेको उनले बताए । ‘सधैंको काम गर्नु उतैं भएपछि परिवार पनि सार्दै छु’ उनलें भनें, ‘काम गर्ने ठाउमै परिवार लैजानु रहर हैन् , बाध्यता बनेको छ ।’ 
 
Published on: 27 January 2016 | Kantipur

Back to list

;