s

कामको खोजिमा ६ महिनामा विदेशिए झण्डै चार लाख युवा

यो वर्ष कामको खोजीमा विदेशिनेको संख्या डरलाग्दो तरिकाले बढिरहेको तथ्यांकले देखाएको छ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मासिक ६० हजारभन्दा धेरै युवाहरूले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्।

गत वैशाखदेखि असोजसम्म तीन लाख ७२ हजार तीन सय ५४ जना युवाले नयाँ तथा पुनः श्रम स्वीकृति लिइसकेका छन्।

विभागको तथ्यांकअनुसार वैशाखमा ४५ हजार चार जनाले श्रम स्वीकृति लिएका थिए। जेठमा ६२ हजार तीन सय ४९, असारमा ६२ हजार ८ सय ५३ जनाले श्रम स्वीकृति लिएको तथ्यांकले देखाउँछ।

साउनमा ६३ हजार ३९ ले श्रम स्वीकृति लिएका छन्। भदौमा यो संख्या झनै बढेको छ। भदौमा ७६ हजार चार सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।

असोजमा ६२ हजार सात सय ६ जनाले श्रम स्वीकृति लिएका छन्।

सबैभन्दा ठूलो संख्यामा श्रम स्वीकृति प्रदान गर्दै आइरहेको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले पछिल्लो समय दैनिक औसत दुई हजारको हाराहारीमा श्रम स्वीकृति जारी गर्दै आएको बताएको छ।

कार्यालयका निर्देशक वसन्तबहादुर बोहराले एक पटक रोजगारीमा गएर फर्किएकाले पुनः श्रम स्वीकृति लिएर गएका कारण पनि संख्या धेरै देखिएको बताए।

कोभिडका कारण लामो समय वैदेशिक रोजगारमा असर परेको थियो।

अहिले अवस्था सामान्य बन्दै गएपछि विदेश जानेको संख्या अत्यधिक देखिएको छ। गत आर्थिक वर्षमा ६ लाख ३० हजार ९७ युवा कामको खोजीमा विदेशिएको देखिन्छ।

Published on: 11 November 2022 | Setopati

Link

Back to list

;