s

कालंगाको जलविद्युत आयोजनाको सुरुङमा फसे चार मजदुर

वसन्तप्रताप सिंह

 निर्माणाधिन कालंगागाड जलविद्युत आयोजनाको सुरुङमाचार जनामजदुर फसिरहेका छन् । उनिहरु आइतबार दिउँसो ३ बजेदेखी सुरुङ भित्र फसेका हुन् । दसैंतिहारको बिदा पछि काम सुरु गर्नु पूर्व सुरुङ हेर्न भनेर गएका उनीहरु बेहोस भएर सुरुङको बीच भागमा ढलेको बताइएको छ । माथिल्लो कालंगागाडको दाडिमगाड भन्ने ठाउँमा रहेको सुरुङ हेर्नका लागि दैलेखको गुराँस गाउँपालिकाका कर्णबहादुर शाही र महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिकाका महेन्द्र साउद र बझाङको बुङ्गलनगरपालिकाका शेरसिंह धामी र दिलबहादुर रानामगर ट्याक्टरमा सुरुङ भित्र छिरेका थिए ।

सुरुङको मध्यभागतिर पुगे पछि अरु चारजना बेहोस भएर ट्याक्टरबाट खसेको चालक दिलबहादुर राना मगरले बताए । आफुलाई पनि सास फेर्न गाह्रो भए पछि ट्याक्टर चलाएर बाहिर आएको उनले बताएका छन् । सुरुङ भित्र अक्सीजनको अभावका कारण मजदुरहरु बेहोस भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटना लगतै घटनास्थलमा पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरे पनि सफल हुन सकेको छैन । अक्सिजनको सिलिन्डर लिएर केही उद्धारकर्ता भित्र पसे पनि उद्धार प्रयास सफल नभएको घटनास्थलमा रहेका स्थानीय पत्रकार मकरराज धामीले बताए ।

उनिहरुको उद्धारको लागि काठमाडौंबाट गोताखोर मगाइएको छ । सशस्त्र प्रहरीको गोताखोर टोली हेलिकप्टर मार्फत आउँदै गरेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताए । ७५ मेगावाट क्षमताको कालंगा जलविद्युत आयोजनाको उक्त सुरुङ तीन सय मिटर लामो छ ।

Published on: 5 November 2019 | Kantipur

Link

Back to list

;