s

ज्याला मजदुरीलाई राहत

चित्र मिजार

सिन्धुपाल्चोक, चैत १४ गते । कोरोना भाइरसका कारण लक डाउन भएपछि विहान बेलुकी छाक टार्न समस्या भएका सिन्धुपाल्चोकका ज्याला मजदुरी गरेर खानेहरु र न्यून आय भएकालाई राहत वितरण गरिएको छ ।

बा¥हबिसे नगरपालिकामा रहेका ज्याला, मजदुर गरेर खानेलाई नेपाली काँगे्रस क्षेत्रिय कार्यसमितिले ५३ जनालाई राहत प्रदान गरेको छ ।

प्रत्येक मजदुरलाई १५ किलो चामल, दाल, नुन, तेललगायतका खाद्य सामाग्री पूर्व सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतको हातबाट प्रदान गरिएको छ ।

सोही क्रममा राम्चे निवासी ८२ वर्षीय बृद्ध तुलसी श्रेष्ठलाई उहाँको निवासमै पुगेर सिरक, डस्ना र खाद्य सामाग्रीसहित राहत प्रदान गरिएको छ ।

Published on: 27 March 2020 | Gorkhapatra

Link

Back to list

;