s

जोर्डनमा ५ नेपाली महिला जेलमुक्त

जोर्डनमा सहकर्मीमाथि यौनहिंसा गरेको अभियोग लागेका ५ नेपाली महिलालाई अदालतले सफाइ दिएको छ । उनीहरू एक वर्षदेखि जेलमा थिए । 
 
जोर्डनको क्लासिक फेसन उद्योगमा कार्यरत उनीहरूमाथि आपसी विवाद हुँदा एक नेपाली युवतीको जबर्जस्ती कपडा खोलिदिएर फोटो खिचेको अभियोग लागेको थियो । जोर्डन मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका कन्सुलर सुजन बिडारी अदालतको सुनुवाइमा बहस गर्न पुगेका थिए । 'छानबिनमा उनीहरू निर्दोष देखिए जेलबाट मुक्त हुनुपर्नेछ,' अदालतमा उनले भनेका थिए । त्यस कम्पनीमा मात्रै झन्डै १८ सय नेपाली महिला कार्यरत छन् ।
 
लिबियामा फसेका ७ नेपालीको उद्धार
 
इजिप्टस्थित नेपाली दूतावासले द्वन्द्वग्रस्त लिबियामा फसेका २२ नेपालीमध्ये ७ जनालाई उद्धार गरी पठाएको छ । उनीहरू बुधबार राति काठमाडौं आइपुगेका छन् । दूतावासले अन्तर्राष्ट्रिय आप्रवासन संगठन -आईओएम) सँग समन्वय गरी नेपाल पठाएको हो । लिबियादेखि काठमाडौंसम्मको टिकट आईओएमले नै उपलब्ध गराएको नेपाली दूतावासका प्रवक्ता सुजन बिडारीले बताए ।
 
दूतावासले अनुश लामा, किरणखड्का, सिराज रायमाझी, शुभप्रसाद पराजुली, रवि गुरुङ, प्रेमशील थारू र प्रेमलाल गौतमलाई उद्धार गरी पठाएको हो । बिडारीका अनुसार उद्धार गर्न बाँकी १५ जनालाई नेपाली शान्ति सेनाको क्याम्पभित्र ल्याएर राख्ने योजना भइरहेको छ ।
 
दूतावासले रूपन्द्रेहीका गणेश थापामगर, पूर्णबहादुर गुरुङ, बुद्धिबहादुर अधिकारी क्षेत्री, लमजुङका अमृत गुरुङ, दाङका भुवन आचार्य, सुनसरीका राजु विष्ट, सनम विश्वकर्मा, गुप्तबहादुर विक, सिन्धुपाल्चोकका कृष्ण कोइराला, शेखर खरेल, जयराम धामी, अजयकुमार चौधरी, मनोहर कार्की र प्रकाश विश्वकर्माको ट्राभल डकुमेन्ट बनाई पठाइसकेको छ ।
 
Published on: 10 May 2019 | Kantipur

Back to list

;