s

जोर्डन जान लागेका १४ महिलासहित १५ जनालाई अध्यागमन विभागले किन रोक्यो ?

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार जोर्डन जान लागेका १५ जना रोकिएका छन्। उनीहरूको कागजात अध्ययन गर्दा केही शंकास्पद देखिएकाले अनुसन्धानका लागि रोकिएको अध्यागमन विभागले जनाएको छ।

जोर्डन जान लागेकामा एक पुरुष र १४ जना महिला छन्। विभागका महानिर्देशक झलकराम अधिकारीले डकुमेन्टहरू शंकास्पद देखिएकाले उनीहरूलाई अध्यागमन विभागबाट खटिएका कर्मचारीले जोर्डनतर्फ जानबाट रोकेको जानकारी दिए।

उनले भन्नुभयो, “उक्त विषयमा अध्ययन हुँदैछ, सोमबार छलफलका लागि बोलाएका छौँ, व्यवसायीहरू पनि आउनुहोला, अनि उपयुक्त निर्णय हुनेछ।”

उनका अनुसार आधिकारिकरूपमा श्रम स्वीकृति नदेखिएको पाइएको छ। उनीहरूको श्रम स्वीकृति अनलाइनमा पनि नदेखिएको विभागको भनाइ छ। -रासस

Published on: 10 July 2023 | Annapurna Post

Link

Back to list

;