s

जो ऋण तिर्न बिदेसिन चाहन्थे

अछामको दुर्गम चौरपाटी गाउँपालिका–१, सिउँडीका टेकबहादुर शाह र दुर्गादेवी शाहका दुई भाइ छोरामध्ये कान्छा थिए वीरेन्द्र शाह। टेकबहादुर अपांगता भएका व्यक्ति हुन्। उनको एउटा हात छैन। गरिबीकै चपेटामा परेर वीरेन्द्रका दाजु एकेन्द्र भारतमा काम गर्न गएका छन्। वीरेन्द्रले गाउँकै सिउँडी माध्यमिक विद्यालयबाट प्लसटु उत्तीर्ण गरेका थिए।

प्लसटु पास गरेलगत्तै वीरेन्द्र केही कमाएर बाबुको सहारा बन्न वैदेशिक रोजगारीमा जान चाहन्थे। दाजुले जस्तै भारत गएर कमाउन सम्भव थिएन। उनले साथीबाट दक्षिण कोरियाको रोजगारीबारे जानकारी पाए। पछिल्लो तीन–चारवर्षदेखि उनी कोरिया जान लागिपरेका थिए।

तर इपिएस कोरिया शाखाले तोकेको मापदण्डका कारण उनले आवेदन दिन पाएनन्। आवेदन दिन पाउनुपर्ने माग राखरे शुक्रबार प्रदर्शनमा उत्रिएका युवामध्ये वीरेन्द्रको प्रहरीको गोली लागेर मृत्यु भयो।

छोराको मृत्युको खबरसँगै अछाम सिउँडीमा आमा अर्धबेहोस अवस्थामा रहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए। बाबु टेकबहादुर भने छोराको शव बुझ्न काठमाडौं हिँडेका छन्। उनी शनिबार काठमाडौं आइपुग्नेछन्।
बुवाको उपचारमा लागेको ऋण तिर्न कोरिया जाने सपना उनले बुनेका थिए। सुजन निकै मेहनती स्वभावका थिए। दैलेख बजारमा भाँडा पसल गरेका उनी पछिल्लो समय आर्थिक मन्दीका कारण राम्ररी नचलेपछि काठमाडौं आएर कोरिया जाने तयारीमा लगोका थिए।

घरमा सुजनकी आमा नन्दा, दिदी झरना र भाइ शौरभ छन्। दैलेखको महाबु गाउँपालिका–६, रानीवन स्थायी ठेगाना भए पनि उनको परिवार नारायण नगरपालिका–६, काँडाचौरमा बस्दै आएको छ।

Published on: 2 January 2024 | Nagarik

Link

Back to list

;