s

जो पनि दलाल !

वैदेशिक रोजगारका लागि पठाउने भन्दै जताततै दलाल भेटिन्छन् । तर न तिनको कानुनी हैसियत छ न पारदर्शिता । यिनै गैरकानुनी दलाल र तिनलाई सघाउने कतिपय म्यानपावर व्यवसायी फन्दामा पर्ने गरेका छन्-  सोझासीधा कामदारहरू । त्यही भएर केही दलाल संगठित भएर 'नेपाल वैदेशिक रोजगार प्रनिनिधि एजेन्ट एसोसिएसन' नामक संस्था कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेका छन् । वैदेशिक रोजगार ऐनअनुसार एजेन्ट भएर व्यवसाय गर्न २ लाख रुपैयाू धरौटी राख्नुपर्छ । करिब २ सयले एजेन्टको आधिकारिता पाएका छन् ।

'जो पनि एजेन्ट हुनुभएन, एजेन्टको पहिचान हुनुपर्छ,' एजेन्ट एसोसिएनसद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष खड्गबहादुर श्रेष्ठले भने, 'अहिले सचिव पनि एजेन्ट, मन्त्री पनि एजेन्ट, बावु पनि एजेन्ट, छोरा पनि एजेन्ट, बुहारी पनि एजेन्ट, सासू पनि एजेन्ट, अब को एजेन्ट हो छुट्टनिुपर्छ ।' एसोसिएसनमा करिब ७ सय एजेन्ट आबद्ध छन् । यीमध्ये १ सय ५१ ले विभागबाट एजेन्टको आधिकारिता लिएका छन् । एजेन्टले गल्ती गरे एजेन्टलाई र व्यवसायीले गल्ती गरे व्यवसायीलाई कानुनी दायरामा ल्याउन पनि पेसा छुट्टनिुपर्ने एसोसिएसनको माग छ । नेपालमा करिब २५ हजार एजेन्ट रहेको अनुमान छ ।   
 
Published on: 29 January 2013 | Kantipur
 

Back to list

;