s

झापामा वैदेशिक रोजगारीमा हुने ठगी रोक्न स्थानीय प्रतिनिधिको प्रतिवद्धता

सुशिला चौधरी

झापामा वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका पीडितलाई न्यायको पहुँचका लागि स्थानीय प्रहरी र जनप्रतिनिधिको भूमिकाका विषयमा अन्र्तक्रिया गरिएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षित आप्रवासन सामी परियोजना झापाको आयोजनामा फागुन ९ देखि १२ गते सम्म स्थानीय प्रतिनिधि र प्रहरीसँग छलफल गरिएको हो ।
 
सामी परियोजना सूचना केन्द्र झापाका कार्यक्रम संयोजक हरिप्रसाद मैनालीले झापामा वैदेशिक रोजगारीको नाममा ठगीको घटना बढेको भन्दै यसलाई रोक्न स्थानीय स्तरले सरोकार राख्नुपर्ने बताउनुभयो ।
 
ठगी रोक्न स्थानीय स्तरको साथ र सहयोग रहेन जनप्रनिधिले र प्रहरीले प्रतिवद्धता गरेका छन् । कार्यक्रममा १२३ जना प्रहरी र २० जना जनप्रतिनिधिसँग अन्र्तक्रिया गरिएको थियो ।
 
वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार वैदेशिक रोजगारमा जानेको संख्यामा झापा जिल्ला दोस्रो र महिला वैदेशिक रोजगारमा जानेमा भने पहिलो स्थानमा रहेको छ ।
 
Published on: 27 February 2018 | Ujyaaloonline

Back to list

;