s

जापानमा पाँच नेपाली पक्राउ

अवैध रुपमा जापान प्रवेश गर्ने विदेशीलाई शरणार्थीको हैसियत दिन कडाइ गरिएपछि नेपालका दलालले नयाँ उपाय रचेर कामदारलाई जापान ल्याउन थालेका छन् । मानव तस्कर गिरोहले मोटो रकम असुलेर बौद्ध भिक्षुको भेषमा कामदार जापान प्रवेश गराउने गरेको खुलासा भएको छ ।
 
बौद्ध भिक्षु भेषमा पर्यटक भिसामा आएका ५ जनालाई टोकियो अध्यागमनले शंका लागेर अनुसन्धान गर्दा उनीहरु दलाललाई मोटो रकम तिरेर जापान प्रवेश गरेको पुष्टि भएको हो ।
झन्डै ३५ प्रतिशत जनसंख्या बौद्ध धर्म मान्नेहरु रहेको जापानमा भिक्षुहरुलाई उच्च सम्मान गरिन्छ । त्यसकै फाइदा उठाउँदै दलालले नेपालीलाई तिब्बती भिक्षुको भेषमा जापान पठाउने गरेको खुलासा भएको हो । पक्राउ परेका पाँच जना २० देखि २८ वर्षका छन् ।
 
Published on: 3 February 2016 | Nagarik
 

Back to list

;