s

जापनमा नयाँ रोजगारी खोज्न समिति गठन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वरिष्ठ व्यवसायी मदनकुमार महतको संयोजकत्वमा ५ सदस्यीय जापान रोजगार प्रवद्र्धन समिति गठन गरेको छ ।
 
संघका पूर्व उपाध्यक्ष महत हिमालयन जब एक्सपोलर प्रा.लि.का सञ्चालक हुन् । उक्त समितिमा नमस्ते नेपाल मेनपावर प्रा.लि.का दिनेशभक्त श्रेष्ठ, रेन्बो ओभरसिज प्रा.लि.का कमल पुरी, पासा ईन्टरनेशनल प्रा.लि.का देवेन्द्रनारायण श्रेष्ठ, भिक्टोरी कस्मिक ओभरसिज प्रा.लि.का सञ्जु गुरुङ, नाप इन्टरनेशनल प्रा.लि.का मिठु गौतम, सिग्मा ओभरसिज म्यानपावर प्रालिका मनोज खड्का सदस्य रहेका छन् । समितिलाई जापानमा प्रशिक्षर्थी नेपाली कामदार पठाउन देखिएको समस्या तथा नयाँ रोजगारी सिर्जना गर्ने सम्बन्धमा आवश्यक सबै सम्बन्धित निकायसँग छलफल एवं परामर्श गर्न निर्देशन दिइएको छ ।
 
जापानमा प्रशिक्षार्थी कामदारको ठूलो माग रहेको भएपनि नेपाल सरकारले उपयुक्त पहल नगरेका कारण आकर्षक तलवमा रोजगार पाउने अवसर गुमेको नेपाली व्यवसायीहरुको भनाइ रहँदै आएको छ । केही समय अगाडि जापानी एक टोली नेपालबाट केयर गिभरको रोजगारीमा युवायुवती लैजाने वारेमा गृहकार्य गर्न नेपाल आएको थियो ।
 
जापानमा कामदार पठाउँदै आएका भियतनाम र इण्डोनेशियाले कामदार पठाउन छोडेपछि जापानी रोजगारदाता नेपालतर्फ आकर्षित भएका हुन् । नेपाल सरकारले लागू गरेको फ्री भिषा फ्री टिकट प्रणाली अन्तरगत सेवा शुल्क दश हजार मात्र लिनुपर्ने र जापानको प्रक्रिया अत्यन्तै ढिलो र झन्झटिलो भन्दै व्यवसायी उत्साहित देखएिका छैनन् । तर हाल जिट्को अन्तरगत २ सय २ म्यानपावर कम्पनी भने सूचीकरण भएका छन् ।
 
Published on: 19 March 2018 | Madhyanha

Back to list

;