s

जापानमा कामदार पठाउने प्रक्रियामा बिचौलिया नराखिने

जापान सरकारले आउँदो अप्रिलदेखि नेपाली कामदार लैजान आवश्यक तयारी तीव्र पारेको छ । तयारीकै क्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोर्ण विष्टसँग भेटवार्ता गरेका छन् । 
 
भेटघाटका क्रममा राजदूत साइगोले कामदार लैजाने विषयमा आवश्यक विधि र प्रक्रियाकाको कार्य अगाडि बढिरहेको बताए । सोही विषयमा द्विपक्षीय छलफलका लागि केही दिनमै जापानबाट एक प्राविधिक टोली नेपाल आउन लागेको उनले जानकारी दिए । सोही छलफलबाट दुवै देशको पारस्पारिक हितअनुकूलको उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अप्रिलभित्रै नेपाली कामदार पठाउन सकिने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने जानकारी गराएको श्रम मन्त्रालयले जनाएको छ । 
 
त्यसक्रममा मन्त्री विष्टले नेपाली कामदार लैजाने गरी जापान सरकारले गरेको निर्णयप्रति धन्यवाद व्यक्त गरेका थिए । कामदार भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाउनुपर्ने विषयमा उनले जोड दिए । कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी हुनुपर्ने भन्दै मन्त्री विष्टले नेपाली युवाहरू जापान जाँदा कुनै पनि मध्यस्थकर्ता वा बिचौलियाबाट ठगीमा पर्न नहुनेमा मन्त्रालय सजग रहेको उल्लेख गरेका थिए ।
 
Published on: 8 January 2019 । Naya Patrika

Back to list

;