s

जापानको प्रलोभन देखाएर १८ लाख ठगी

दलालको मीठो आश्वासनका भरमा जापानको आकर्षक रोजगारीको सपना देख्ने दुई युवा नराम्रोसँग ठगिएका छन् । जापानको रोजगारीका नाममा १८ लाख गुमाएका धनगढीका दुई युवा थाइल्याण्ड र भियतनाममा करीव तीन महिना अलपत्र परेर रित्तो हात घर फर्केका हुन् । यतिबेला उनीहरु साहुको ऋण तिर्न नसकेर विलखबन्दमा परेका छन् ।
 
कैलाली फूलबारी डिगाउँका सागर गहतराज र रामबहादुर सुनारलाई काठमाडौंकी शारदा श्रेष्ठले जापान पठाउने भनेर उक्त रकम लिएर थाइल्यान्ड र भियतनामसम्म पुर्याएर अलपत्र बनाएकी हुन् । श्रेष्ठले उनीहरुलाई शरणार्थी बनाएर जापान पठाउने भन्दै ९–९ लाखका दरले १८ लाख असुलेकी थिइन् । उनीहरुले पटक–पटक गरी उक्त रकम श्रेष्ठको खातामा जम्मा गरेका थिए ।
 
दलालले उनीहरुलाई दुई साता काठमाडौं बसाएर थाइल्यान्ड पुर्याई त्यहाँ अढाई महिना बसाएर भियतनाम लगेका थिए । भियतनामबाट शरणार्थी बनाएर जापान पुर्याउने भनेकोमा त्यो धन्दा असफल भएपछि त्यहाँ करिब तीन हप्ता राखेर काठमाडौं ल्याई भारतबाट उडाउने भन्दै दिल्ली पुर्याएको पीडितहरु बताउँछन् । दिल्ली पुर्याएर दलाल सम्पर्कविहीन भएपछि मात्रै आफूहरू ठगिएको थाहा भएको सुनारले बताए ।
 
Published on: 21 June 2018 | Madhyanha

Back to list

;