s

जापानस्थित क्योदाइ रेमिट्यान्सबाट रकम पठाउँदा निशुल्क बीमा हुने

जापानस्थित क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ, परिवारको सुरक्षा सँगसँगै’ भन्ने प्रतिबद्धताका साथ सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ।
 
योजना अन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिको दुर्घटना बीमा हुनेछ। भुक्तानी पाएको दिनदेखि १ वर्षे अवधिसम्मका लागि पाँच लाखको दुर्घटना जीवन बीमा हुने कम्पनीले जनाएको छ।
 
क्योदाइ रेमिट्यान्स् आइएमईले प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ। कम्पनीका अनुसार यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागू हुनेछ।
 
सोही आधार बमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेमध्येबाट २ हजार १३७ जनाको प्रतिब्यक्ति पाँच लाखको
 १ बर्षे दुर्घटना जीवनबीमा गरिएको कम्पनीले जनाएको छ। सम्पूर्ण बिमितहरुको नामाबली कम्पनीको अधिकारिक फेसबूक पेजमा प्रकाशित गरीएको छ।
 
Published on: 10 March 2019 । Setopati

Back to list

;