s

जापानी जेलमा रहेका मैनाली डिएनए परीक्षणमा निर्दोष पाइए

सुरेन्द्र पौडेल

हत्या अभियोगमा ११ वर्षदेखि जापानी जेलमा रहेका गोविन्द मैनालीको मुद्दामा 'सर्ट लिस्ट' गरिएका १५ मध्ये १० को डिएनए परीक्षण नतिजा शतप्रतिशत गोविन्द मैनालीको पक्षमा देखिएको छ। टोकियो इलेक्ट्रोनिक पावर कम्पनीमा कार्यरत एक महिला हत्याको अभियोगमा टोकीयो उच्च न्यायलयले उनलाई दोषी ठहर गरेको थियो।

'अब पाँचवटा प्रमाणको डिएनए परिक्षण गर्न बाँकी छ,' गोविन्दका दाजु इन्द्रप्रसाले नागरिकसंग भने, 'एक महिना भित्र बाँकीको डिएनए परिक्षण नजिता पनि बाहिर आउने टोकियो महान्याधिवत्ताको कार्यालयले हामीलाई जानकारी दिएको छ।'
 
मारिने महिलाको मृत्यु घाँटी थिची गरिएको शंका अनुसार पछिल्लो पटक ती महिलाको टेप मार्फत लिइएको घाँटीको प्रमाणको डिएनए परिक्षण गरिएको थियो। घाँटीबाट लिइएको प्रमाणको डिएनए परिक्षण गर्दा गोविन्दसँग मेल नखाएपछि बाँकी पाँच वटा प्रमाणको परिक्षण सुरु गरिएको हो।
'बाँकी पाँचवटा प्रमाण गोविन्दसँग सम्बन्धीत नदेखिए, मुद्दा पुनरावेदनमा जान्छ,' इन्द्रप्रसादले भने, 'त्यसपछि टोकियो उच्च न्यायलयले उनलाई निर्दोष ठहर गर्नेछ।'
 
गत जुलाईमा मारिने महिलाको शरिरमा भेटिएको रौं, बिर्य र र्‍याल परिक्षण गर्दा गोविन्दसँग मेल नखाएपछि गोविन्दको पक्षमा आवाज उठाउँदै आएका वकिलहरुले उनी निर्दोष भएको दाबी गर्दै मुद्दा पुनरावेदन हुनु पर्ने माग राखेका थिए। त्यसपछि वादी तथा प्रतिवादी वकिल र टोकियो उच्च न्यायलयबीच भएको त्रिपक्षीय वार्तामा घटनास्थलबाट भेटिएका ४२ वटा प्रमाणलाई महत्वको आधारमा १५ वटामा झारी तीनको डिएनए परिक्षण गर्ने सहमति बनेको थियो।
 
Published on: 4 December 2011 | Nagarik

Back to list

;