s

जापान पठाइदिन्छु भन्दै ठग्ने निवर्तमान वडाध्यक्ष पक्राउ

नुवाकोट : एक महिलालाई जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेर फरार रहेको अभियोगमा प्रहरीले नुवाकोटका निवर्तमान वडाध्यक्षलाई पक्राउ गरेको छ । दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीका निवर्तमान वडाध्यक्ष ५५ वर्षीय सुनबहादुर तामाङ पक्राउ परेका हुन् ।

यसअघि तीन वर्ष अगाडि पनि चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेर उच्च अदालतबाट सफाइ पाएका सुनबहादुर यसपटक जापान पठाइदिन्छु भन्दै महिलासँग रकम ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनले हिरादेवी थापालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु भनी १२ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट खटिएको टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका ४ माकलबारीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

तामाङले गत २०७४ सालको स्थानीय तह निर्वाचनमा दुप्चेश्वर गापा १ बाट नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेका थिए । त्यसको केही समय लगत्तै मानव बेचबिखन मुद्दामा नुवाकोट जिल्ला अदालत नुवाकोटबाट दोषी ठहर भएपछि निलम्बनसमेत भएका थिए ।

अदालतबाट दोषी प्रमाणित भएका सुनबहादुर केही समय जेल बसेर सफाइ पाइ राजनीतिमा फर्किएका थिए ।

Published on: 21 June 2023 | Annapurna Post

Link

Back to list

;