s

जंगली किराको टोकाइले कोरियामा एक नेपालीको निधन

दक्षिण कोरियामा इपिएसबाट १५ महिना अघि आएका एक नेपाली कामदारको अस्पतालमा उपचारका क्रममा आइतबार  निधन भएको छ ।  छनानको सुनछङ्हयाङ् अस्पतालमा उपचार्थ धादिङ निवासी २५ वर्षीय माइला तामाङको निधन भएको हो ।

छुङनामको ख्वाङछन क्षेत्रका एक बुङगुर फर्ममा कार्यरत मृतक तामाङलाई चिन्दगी (किर्णा) नामक किराको टोकाइबाट निधन भएको चिकित्सकले शंका गरेको उनका साथी रमेश पुनले बताए ।  ज्वरो आउने, टाउको दुख्ने उल्टी हुने जस्ता लक्षण देखेपछि तामाङलाई साहुले अस्पताल पुराएको थियो । तामाङ कार्यरत नजिकैको अस्पतालले छनान रिफर गरेपछि उनी सो अस्पतालमा भर्ना भएका थिए । तीन दिन अघि उनी अचेत अवस्थामा पुगेका थिए ।

कोरियामा सो जंगली किरा चिन्दगीको टोकाइबाट हुने रोगको औषधी पत्ता लाग्न नसकेको कोरियन सञ्चार माध्यमले जनाएको छ । कोरियाको स्वस्थ्य सम्बन्धी तथ्यांका अनुसार हालसम्म चिन्दगीको टोकाईबाट १ सय ६० जना रोगग्रस्त छन् भने १९ जनाले ज्यान गुमाई सकेका छन् ।

मृतक तामाङको नेपालमा बुबा, आमा , पत्नी र चार वर्षीय छोरा रहेको नेपालबाटसंगै आएका साथी रमेश पुनले बताए ।

Published on: 31 July 2017 | Kantipur

Back to list

;