s

जनप्रतिनिधिको पनि चासो

स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले सुरक्षित वैदेशिक रोजगारका लागि सचेत रहेको बताएका छन् । वैदेशिक रोजगारीको नाममा हुने ठगीलाई न्यूनिकरण गर्न स्थानीय तहबाट घर–घरमा सूचना पुर्याउने व्यवस्था गरिनुपर्ने भन्दै स्थानीय तहका जनप्रतिनिधिहरुले वैदेशिक रोजगारमा जाने आफ्नै दाजुभाइ दिदीबहिनीका समस्याप्रति उदासिन हुन नहुने बताए ।
 
नवलपरासीको गैडाकोटमा सोमबार हिमालयन सामुदायिक विकाश मञ्च (हिकोडेफ) र सामी हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालद्वारा सञ्चालन गरिएको स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुसँग वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरुले वैदेशिक रोजगारमा जाने कामदारहरुका समस्याप्रति मुख खोलेका हुन् ।
 
कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाका उपप्रमुख बिष्णु कुमारी कँडेलले गैडाकोट नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुको तथ्यांक संकलन गर्न वडा अध्यक्षहरुलाई निर्देशन पनि दिइन् । वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउन प्रत्येक वडाबाट तथ्यांक संकलनको काम शुरु गरी उनीहरुको रोजगारीको अध्ययन विश्लेषण गर्ने र व्यवस्थित बनाउन पहल शुरु गर्ने उनको भनाइ थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य लगायतले सुरक्षित वैदेशिक रोजगारीका पक्षमा धारणा राखेका थिए ।
 
Published on: 13 March 2018 | Madhyanha

Back to list

;