s

जेलमा रहेका नेपालीको अवस्था बुझ्न कारागार भ्रमण अभियान

‘युएईमा रहेको नेपाली दूतावासले यहाँका जेलमा रहेका नेपालीको अवस्था बुझ्न जेल भ्रमण अभियान थालेको छ । युएईको सात राज्यका जेलमा रहेका नेपालीको अवस्था बारे दूतावासले जानकारी लिने छ । कैद भुक्तान गरिरहेका नेपालीमाथी लागेको मुद्धाको आरोप , उनीहरुको पछिल्लो अवस्थाका बारेमा दुतावासका प्रतिनिधी मण्डलले जानकारी लिनेछन् । यस्तै मुद्धा टुगिंएकाहरुलाई स्वदेश फर्काउन भइरहेका पहलका बारेमा जानकारी गराउनेछन् । दूतावास बर्षको दुई पटक यहाँका जेल पुग्ने गरेको छ । अहिले सुरु भएको भ्रमण अभियान यो वर्षको दोस्रो हो । यो अभियानमा दुतावासले द्धितीय सचिव तथा सुचना अधिकारी बिष्णु कुमारी अधिकारी र जनसम्पर्क अधिकृत (पीआरओ) इरफान आलमलाई खटाएको छ । जेल भ्रमणपछि स्वदेश फर्कने आशमा बसेकाहरुलाई दुतावासले गर्न सक्ने कानूनी उपचारमा सहजीकरण गर्ने कार्यवहाक राजदुत सागर प्रसाद फुयाँलले अनलाइनखबरलाई जानकारी दिए । यसै साताबाट सुरु गरेको अभियानले सारजाहा जेल र दुबईको अल अविरमा अवस्थित सेन्ट्रल जेलमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिएको छ । गत वैशाखमा दूतावासले युएईका सबै जेलमा पुगेर संकलन गरेको तथ्यांक अनुसार १ सय ८५ जना नेपालीले यहाँ जेल जीवन बिताइरहेका छन् । दूतावासले पररास्ट्र मन्त्रालयमार्फत सरकारलाई पठाएको प्रतिवेदनमा १ सय ७३ जना पुरुष र १२ जना महिला युएईको जेलमा जेल जीवन बिताइरहेको उल्लेख छ । जेल जीवन बिताइरहेका नेपालीहरुमध्ये सबैभन्दा धेरै मादक पदार्थसँग सम्बन्धित मुद्दाका भेटिएका थिए ।

Published on: 1 December 2018 | Onlinekhabar

Back to list

;