s

जेल परेपछि खाली हात फिर्ता

कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिका १, बिचफाँटाकी २३वर्षीय मन्दरा रानाक्षेत्री धन कमाउने सपना बोकेर २ वर्षअघि लेबनान पुगिन् ।श्रीमान् वैदेशिक रोजगारीमै भए पनि परिवारलाई ६ लाख ऋणको भार थियो । विदेशको कमाइले ऋण तिरेर घर बनाउने सपना बोकेर लेबनान पुगेकी उनी कमाइ तपरै जावस् उल्टो बिनाकसुर ४ महिना जेल जीवन बिताएर गत साता खाली हात घरफर्किर्न् ।

गाउँकै दलालमार्फत अवैध रूपमा २ वर्षअघि लेबनान पुगेकी मन्दरालाई केही समयघरेलु कामदारका रूपमा राखिएको थियो । लामो समयसम्म पनि तलब नपाएपछिमालिकसँग माग गर्दा घरको सामान चोरी गरेको आरोपमा उनलाई जेल पठाइएको हो ।

'सुरुमा ६ महिनासम्म भनेअनुसारै तलब पाइएको थियो,' मंगलबार आफूले भोगेकोसमस्याबारे जानकारी दिन महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्दरालेभनिन्, 'त्यसपछि १ वर्षसम्म तलब पनि दिएन, उल्टै कुटपिट र अन्य यातना दिनथाले ।'
रातदिन काम गरेर पनि अनेक बहानामा दु:ख दिने र तलब पनि नदिने भएपछिमन्दराले काम गर्न छाडेको बताइन् । 'त्यही भएर

मलाई चोरी आरोप लगाएर जेलपठाइयो,' उनले भनिन्, '४ महिनासम्म बिनाकसुर जेल बस्नुपर्योक ।' उनीघरपरिवारको पहलमा गत बुधबार काठमाडौं आएकी हुन् ।

गाउँकै दलाल इन्दिरा श्रेष्ठले उनलाई अवैध रूपमा लेबनान पठाएकी हुन् ।इन्दिराकी माइजू सोमती मोक्तान लेबनानमा रहेको र उनले नै त्यहाँ कामदारमगाउने गरेको मन्दराले बताइन् । 'इन्दिराले गाउँबाट महिला खोजेर पठाउने रसोमतीले त्यहाँ पैसा खाएर काममा लगाउने गर्छिन्,' उनले भनिन्, 'मलाई पनिलेबनान एयरपोर्टमा सोमती नै लिन आएकी थिइन् ।' उनी २०६९ चैतमा लेबनान गएकीथिइन् ।

मन्दराका श्रीमान् प्रेमबहादुर पनि वैदेशिक रोजगारीमै साउदीमा छन् ।गाउँघरमा कर्जा सापटी धेरै भएपछि श्रीमान्को कमाइले मात्रै तिर्न नसकिँदाउनी पनि वैदेशिक रोजगारीका लागि लेबनान गएकी थिइन् । 'मलाई काठमाडौंएयरपोर्टमा दुई वटा भिसा दिएको थियो,' उनले भनिन्, 'एउटा दुबई -संयुक्त अरबइमिरेट्स) को र अर्काे लेबनानको, दुवैको भिसा जहाजमा चढेपछि च्यात्नभनिएको थियो र मैले पनि च्यातिदिएँ ।' इन्दिराले एयरपोर्टमा कसैले सोधपुछगरे संयुक्त अरब इमिरेट्स नै जान लागेको भन्न्ाु भनेर सिकाएको मन्दरालेबताइन् । 'मैले पनि त्यसैअनुसार दुबई जान लागेको भनें,' उनले भनिन् ।प्रेमकी दिदी र इन्दिरा यसअघि सँगै वैदेशिक रोजगारीमा गएकाले मन्दरासँगपरिचय भएको हो ।

लामो समयसम्म मन्दरासँग सम्पर्क नभएपछि उनको घरपरिवारले खोजी गर्दा लेबनानजेलमा परेको खबर पाएको थियो । 'हामीले पुस १३ गते उनी जेल परेको खबर पाएकाहौं,' मन्दराकी भाउजू तुलसी खत्रीले भनिन्, 'त्यसपछि जिल्ला प्रशासनमाउजुरी दियौं ।' उनले दलाल इन्दिरा र सोमतीका नाममा उजुरी दिएको बताइन् ।

जिल्ला प्रशासनले दीपकुमार र इन्दिरालाई कारबाही गर्ने तयारी थालेपछि एकसातामै मन्दिरा जेलबाट छुटेर काठमाडौं पुगेकी हुन् । 'हामीले कारबाही गर्नेभनेपछि उनीहरूले लेबनान जेलमा ७५ हजार तिरेर मन्दिरालाई नेपाल ल्याएकाहुन्,' प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले भने, 'अहिले ती सबैदलालहरू फरार छन्, उनीहरूको खोजी भइरहेको छ ।'
मन्दरा यसअघि पनि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गएकी थिइन् । उनीत्यहाँ १ महिना बसेर घर फर्केकी हुन् ।

त्यसपछि उनी इन्दिराको सम्पर्कमाआइन् । उनी लेबनान जाँदा इन्दिरालाई ३० हजार तिरेकी थिइन् । मन्दरा बसेकोजेलमा अझै एक जना नेपाली महिला छन् । 'झापाकी कल्पना परियार एक वर्षदेखिलेबनानकै जेलमा छिन्,' उनले भनिन्, 'हाम्रो परिचय जेलमै भएको थियो ।' पुनर्वास क्षेत्रका धेरै महिला वैदेशिक रोजगारीमा छन् । अधिकांश गाउँकैदलालमार्फत अवैध रूपमा जाने गर्छन् । 'अहिले पनि हाम्रो गाउँका सयौंदिदीबहिनी वैदेशिक रोजगारीमा छन्,' उनले भनिन्, 'गाउँकै दलालमार्फत अवैधबाटो भएर जाने पनि धेरै छन् ।'

Published on: 15 January 2015 | Kantipur

Back to list

;