s

इटालीमा मर्नेको दाहसंस्कार भएन

बैदेसिक रोेजगारीमा इटालीमा रहेका बेला मृत्यु भएका नवलपरासी कोल्हुवा ९ का २६ दुर्गा भट्टराईको आर्थिक अभावले दाहसंस्कार हुन सकेको छैन । अन्तिम संस्कारका लागि रकम पठाउनुपर्ने परिवारले जनाएको छ । परिवार विपन्न भएकाले रकम पठाउन नसक्दा दाहसंस्कार हुन नसकेको आफन्तले गुनासो गरे । गत चैतमा इटाली पुगेका भट्टराईको उपचारका क्रममा असार १४ गते त्यहाँको अस्पतालमा मृत्यु भएको थियो । दाजु शालिकरामले आर्थिक अभावमा भाइको शव झिकाउन नसकेको जनाउँदै सहयोगका लागि सरकारसित अनुरोध गरे । 

मृत्युपछि इटालीमै दाहसंस्कार गर्न ७ सय युरो -७० हजार नेपाली रुपैयाँ) लाग्ने र नाता प्रमाणितसहित कागजपत्र पठाउन इटाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयले जिल्ला प्रशासनमा पत्रचार गरेको प्रशासकीय अधिकृत प्रदीपज्योति श्रेष्ठले बताए । परिवारलाई घटनाबारेे प्रहरीमार्फत जानकारी गराइएको उनले जनाए । स्याङ्जाका क्षेत्रकुमार श्रेष्ठले भाइलाई काम गर्ने भिसा मिलाएर इटाली लगेको दाइलेे बताए । विदेश जानुअघि घरमा हँुदा पथ्थरीको अप्रेसन गराएको र पछि अप्रेसन बिगि्रएको परिवारले जनायो । 

Published on: July 2012 | The Kantipur Post

Back to list

;