s

इटहरीका लिलामानको कोरोना संक्रमणबाट साउदीमा मृत्यु

हिमाल दाहाल 

इटहरी : कोरोना संक्रमणबाट साउदी अरबमा कार्यरत इटहरी ५ का लिलामान कटुवालको मृत्यु भएको छ । केही वर्षदेखि साउदीमा कार्यरत ५१ वर्षका कटुवाल पछिल्लो पटक एक वर्षअघि नेपाल आएर फर्किएका थिए ।

साउदीमा रहँदा कोरोना संक्रमण भएपछि लिलामानले परिवारलाई जानकारी दिएका थिए । १६ दिनअघि संक्रमित भएको थाहा दिएका उनले ७ दिनअघि अन्तिमपटक भेन्टिलेटरबाट भिडियो कल गरेका थिए ।

त्यो भिडियोपछि परिवारसँगको सम्पर्क टुटेको परिवारले जानकारी दिएको छ । पछि उनको मृत्यु भइसकेको जानकारी परिवारले सोमबार पाएको थियो । 

मृतक कटुवालको शव नेपाल नआउने भएपछि उनको काजकिरिया मंगलबारदेखि सुरु गरिएको छ । कटुवालका २५ र २२ वर्षीया दुई छोरी र १४ वर्षका एक छोरा छन् । बुवाको मृत्युपछि छोरी अन्जुले फेसबुकमा भावुक स्टाटस सेयर गरेकी छिन् । उनले अन्तिम समयमा बुवाको अनुहार हेर्न नपाएको भन्दै दुःख प्रकट गरेकी छिन् ।

Published on: 5 May 2020 | Annapurna Post

Link

Back to list

;