s

इँटाभट्टाबाट ६ बालबालिकाको उद्धार, भट्टा सञ्चालक पक्राउ

आफ्ना बुबा आमासँग आएर इँट्टाभट्टामा काम गर्ने ६ बाल श्रमिकलाई उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ र सिविन नेपालको टोलीले इँटाभट्टामा काम गर्ने पाँच भारतीय र एक नेपाली बाल श्रमिकको उद्दार गरेको हो ।

कटहरी गाउँपालिका– ५ स्थित प्रमाण इटा भट्टामा काम गर्ने ६ जना बालवालिकाको उद्दार गरिएको हो । उद्दार गरिएका बालबालिकालाई पूर्वाञ्चल अनाथ आश्रममा राखिएको छ । इटा भट्टा सञ्चालक विराटनगर महानगरपालिका– ३ बस्ने फणीन्द्रबहादुर ढकाललाई पक्राउ गरिएको छ ।

ढकाललाई आवश्यक कारवाहीका लागि श्रम तथा रोजगार कार्यालय विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले उद्दार गरेका बालकमध्ये पाँच जना भारतका छन् । ती बालबालिकाका अभिभावक सोही इँटा भट्टामा काम गर्छन् ।

इँटाभट्टामा बालबालिका प्रयोग भएको सूचना पाउनसाथ पुगेको प्रहरीले उद्दार गरिएका बालबालिकाको संरक्षणमा राखेर अभिभावकलाई बोलाएको छ । अभिभावकलाई सचेत गराएर बच्चा जिम्मा लगाउने प्रहरीले जनाएको छ ।

Published On: 16 January 2019 | Online khabar

Back to list

;