s

इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्।

इजरायलमा फसेका ५०३ जना नेपाली विद्यार्थीमध्ये २५४ जनालाई लिएर स्वदेश फर्केपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बाँकी रहेका २४९ जनालाई पनि छिट्टै नेपाल फर्काउने विषयमा सरकार लागिपरेको बताए।

उनले युद्धग्रस्त क्षेत्र बनेको इजरायलमा रहेका ४ हजार ५ सय नेपालीमध्ये ५०३ जनाले मात्रै नेपाल फर्किनका लागि नाम दर्ता गराएको जसमा २५४ जनालाई नेपाल फर्काउन सफल भएको भन्दै बाँकी रहेका २४९ जनालाई आवश्यकता अनुसार छिट्टै नेपाल फर्काइने बताए।

उनले नेपाल आउनलाई नाम दर्ता गराएका बाँकी नेपालीलाई कहिले ल्याउने भन्ने विषयमा सरकारले निर्णय गर्ने पनि बताए। साथै इजरायलमा बेपत्ता रहेका नेपालीको खोजीका लागि नेपाल सरकारले इजरायल सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको पनि उनले जानकारी दिए।

सरकार इजरायलमा फसेका नेपालीलाई स्वदेश फर्काउन गम्भीर रहेको तर, इजरायलको अवस्था भयावह भएको हुँदा केही समस्या भइरहेको भन्दै मन्त्री साउदले इजरायल सरकारसँगको समन्वयमा त्यहाँ रहेका २४९ जनालाई पनि छिटै सकुसल ल्याइने बताए।

Published on: 13 October 2023 | Nagarik

Link

Back to list

;