s

इजरायलमा ८ सय कामदारका लागि आवेदन खुल्ला

काठमाडौँ — इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नको लागि ८ सय नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागले मंगलबार (असार ११) गते सूचना प्रकाशित गरी ८ सय जनाको लागि आवेदन खुल्ला गरेको हो ।

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्र मार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । यसमा निजी क्षेत्रको संलग्नता छैन ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार इजरायल जान इच्छुकले असार ११ गतेबाट लागू हुने गरी २१ दिनभित्र आवेदन दिनुपर्नेछ । योग्यता पुगेकाहरूलाई गोलप्रथाबाट छानिनेछ ।

घिमिरले ८ सय जना माग भएको मध्ये ५ सयजना मुख्य उम्मेदवार रहेको बताए । त्यसमा तीन सय जनालाई वैकल्पिकमा राखिने जनाएको छ ।

विभागका अनुसार २५ देखि ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाई भएको, कम्तीमा ४५ किलोग्राम तौल भएको, कक्षा १० उत्तीर्ण गरी अनमी वा सिएसएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा पास भएकाले आवेदन दिन पाउने छन् ।

यो काममा जानेको मासिक तलब ५८ सय ८० इजरायली मुद्रा तोकिएको छ । यसको करार अवधी सुरुमा एक वर्षको हुनेछ । त्यसपछि अधिकतम ५ वर्षसम्म हुनेछ ।

Published on: 25 June 2024 | Kantipur

Link

Back to list

;