s

इजरायलको कामदार छनोटमा लोकसेवाको परीक्षा विधि उपयोग हुन्छ : श्रम मन्त्रालय

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इजरायल लैजान गैरकानुनी रूपमा रकम असुल भइरहेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर केयरगिभरका रूपमा रोजगारीमा लैजाने नाममा विभिन्न गैरकानुनी गतिविधि भइरहेको समाचार सार्वजनिक भएको भन्दै यसमा ध्यानाकर्षण भएको जनाएको हो। मन्त्रालयले नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौताअनुसार कामदार छनाेट भइरहेको जनाएको छ।

मन्त्रालयका अनुसार आवेदनहरूमाथि गहिराे अध्ययन भइरहेको र अध्ययनपछि अन्तिम सूचीमा समावेश भएका आवेदकहरूलाई लिखित परीक्षामा सहभागी गराइनेछ। मन्त्रालयले कामदार छनाेटमा लोकसेवाको परीक्षा विधि अपनाइने भएकाले भ्रममा नपर्न आग्रह गरेको छ।

‘लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूको अन्तर्वार्तासमेत लिइनेछ । यसरी लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अवलम्बन गरेको विधिको उपयोग गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले इजरायलमा नेपाली नागरिकलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने कुरामा विश्वस्त हुन आग्रह गरेको छ। मन्त्रालयका अनुसार शुक्रबारसम्ममा नौ हजार ६ सय ९९ जनाको आवेदन परेको छ।

Published on: 22 August 2021 | Nayapatrika

Link

Back to list

;