s

इजरायल पठाइदिन्छु भन्दै ४८ लाख रुपैयाँ ठग्ने पक्राउ

काठमाडौँ — इजरायल पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूबाट ४८ लाख रुपैयाँ उठाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरिकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दाहालले वैदेशिक रोजगारीको लागि इजरायल पठाई निर्माण क्षेत्र काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ उठाएको पीडितहरूले उजुरी दिएका छन् ।

ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चाबहिलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

Published on: 27 April 2023 | Kantipur

Link

Back to list

;