s

इराकमा लक्ष्मीको मृत्यु

घरेलु कामदार (हाउसमेड) को रुपमा इराक पुगेकी कैलास गाँउपालिका–२ की २६ बर्षिय लक्ष्मी वलले मृत्यु भएको छ । उनको मृत्युको कारण खुलेको छैन । 
 
इराकको बासरामा दुई बर्षदेखि काम गर्दै आएकी वल गत बैशाखदेखि सम्र्पकविहिन भएकी थिइन् । वलका श्रीमान् अशोक वलले ७ महिनादेखि सम्र्पकविहिन श्रीमतिको मृत्युको खवर मात्रै पाएको वताए । ‘के कसरी भयो । हामीलाई जानकारी छैन ।,’ उनले भने । 
 
इराक हेर्ने पाकिस्तानस्थित नेपाली दूतावासले वलको मृत्युको बिषयमा आधिकारीक जानकारी पाएको छैन । पीडित परिवारले उनको शब ल्याइदिन अपिल गरेको छ ।
 
Published on: 12 November 2017 | Kantipur

Back to list

;