s

इराक हिँडेका पाँच युवतीको चितवनबाट उद्धार

दलालमार्फत इराक हिँडेका पाँच युवतीको चितवनबाट उद्धार गरिएको छ । नेपालगन्ज, दिल्ली र इराकमा रहेका दलालसँग फोन सम्पर्ककै भरमा इराक जाने उद्देश्यले दिल्ली जाँदै गरेका सिन्धुपाल्चोकका चार र नुवाकोटकी एक युवतीको चितवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार उनीहरू नेपालगन्जको बाटो हुँदै दिल्ली जाने तयारीमा थिए । सोमबार राति उनीहरूलाई मुग्लिनबाट उद्धार गरिएको डिएसपी रेग्मीले बताए । 
 
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५ की २० वर्षीया काजल तामाङ, सोही ठाउँकी २० वर्षीया मिग्मार नमु तामाङ, २० वर्षीया सीता तामाङ, भोटेकोशी ८ की २९ वर्षीया निमा तामाङ र नुवाकोटको किस्पाङ गाउँपालिका–३ काउलेकी २० वर्षीया फुर्वा तामाङको उद्धार भएको हो । 
 
उनीहरूलाई दिल्ली पु-याउने जिम्मा लिएका नेपाली दलाल फुर्वा तामाङ फरार छन् । अनुसन्धानका क्रममा आफ्नै नातागोताका मान्छेले भनेको आधारमा पासर्पोट बनाएर उनीहरू फुर्वामार्फत दिल्ली हुँदै इराक जान तयार भएका पाइएको छ । ‘चितवनबाट हामीले उनीहरूको उद्धार ग-यौँ,’ डिएसपी रेग्मीले भने, ‘उनीहरूको पासपोर्ट भने दलालले दिल्लीमा पु-याइसकेका रहेछन् ।’ 
 
Published on: 3 April 2019 | Naya Patrika

Back to list

;