s

इराकमा मानव तस्करीमा परेका दुई नेपाली पक्राउ

होम कार्की

काठमाडौँ — इराकको स्वाशाासित राज्य कुर्दिस्तानको राजधानी अर्विलमा मानव तस्करीमा परेका दुई नेपालीलाई बुधबार पक्राउ गरिएको छ ।

इराकको कुर्दिस्तानको अर्विलको प्रवेश गर्ने चेकपोस्टमा पक्राउ गरिएका दुई नेपाली । तस्बिर : ट्राफिक प्रहरी

सामान बोक्ने भ्यानको पछाडि अर्विल क्षेत्रमा प्रवेश गराउने क्रममा ट्राफिक प्रहरीले चेकपोस्टबाट नियन्त्रण लिएको हो। उनीहरुलाई लैजाने डाइभर यसअघि नै गैरकानुनी काम गरेको भन्दै सजाय पाएका थिए। प्रहरीले ती युवालाई कताबाट ल्याइएको भन्ने खुलिसकेको छैन।

ट्राफिक प्रहरीद्वारा जारी विज्ञप्ति अनुसार उनीहरुलाई कोरोना भाइरसको परीक्षणको लागि पठाइएको छ।

Published on: 26 March 2020 | Kantipur

Link

Back to list

;