s

इराकमा दुई नेपालीको मृत्यु

इराकको बार्सा सहर नजिकै सडकमा हिँडिरहेका बेला गाडीले ठक्कर दिँदा दुई नेपालीको निधन भएको छ ।

स्थानीय अल्माको कम्पनीमा कार्यरत सुनसरीका जीवन सुनुवार र कास्कीका प्रकाशबहादुर खत्रीको मृत्यु भएको हो । दुई वर्षदेखि कामका लागि इराकमा रहेका उनीहरू भिसा अवधि सकिएपछि थप्न कम्पनीबाट बाहिर निस्किएका थिए । बग्दादस्थित ध्रुव कुँवरका अनुसार जीवनको चैत ४ गते दिउँसो घटनास्थलमै र प्रकाशको स्थानीय अस्पतालमा उपचारमा रहेका बेला घटनाको दुई दिनपछि निधन भएको हो । स्थानीय कम्पनीले मृतकको शव नेपाल पठाउन पहल गरिरहेको कुँवरले बताए ।

Published on: 29 March 2013 | Kantipur

Back to list

;