s

आइएलओ प्रतिनिधिमण्डलसँग भेट

अन्तर्राष्ट्रिय श्रम संगठनका वरिष्ठ सल्लाहकार संचिर टग्स्चिमेगको नेतृत्वमा आएको आइएलओ प्रतिनिधिमण्डलले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानसँग भेटवार्ता गरेको छ। उक्त अवसरमा महासंघका उपाध्यक्ष प्रधानले वरिष्ठ सल्लाहकारको नेतृत्वको आइएलओ प्रतिनिधिमण्डलको स्वागत गर्दै श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बन्दै गएको जानकारी गराए। उनले महासंघ र आइएलओबीचको सम्बन्ध र सहकार्यका विषयमा पनि चर्चा गरे।

नयाँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन सफल रूपमा अघि बढिरहेको उल्लेख गर्दै उपाध्यक्ष प्रधानले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र उद्योग व्यवसायको प्रवद्र्धनका लागि सरकार र ट्रेड यूनियनसँगको सहकार्य र संवादलाई महत्व दिई काम गरिरहेको बताए। वरिष्ठ सल्लाहकार संचिर टग्स्चिमेगले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवं सामाजिक विकासतर्फ भईरहेका प्रयास बारे जिज्ञासा राख्दै निजी क्षेत्रले आफ्नोे भूमिकालाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए। उनले रोजगारदाता संगठनले सदस्यहरूको चाहना र आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गरी आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

Published on: 22 October 2019 | Nagarik

Link

Back to list

;