s

हायात होटलका मजदुर चार दिनदेखि आन्दोलनमा, सेवा प्रभावित

काठमाडौंको पाँचतारे होटल हायातमा कार्यरत मजदुरहरु गएको चार दिनदेखि आन्दोलनमा उत्रिएका छन् । सेवा सुविधा र सम्ममानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदुरहरु आजदेखि हडतालमा उत्रिएको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहलले जानकारी दिए ।
 
काम छाडेरै आन्दोलनमा उत्रिएको आज चौथो दिन हो। मजदुर आन्दोलनमा उत्रिएपछि होटलको सेवा सुविधा पनि प्रभावित भएको छ।कूल ४ सय जनशक्ती रहेको होटलमा ट्रेड युनियनमा आवद्ध सबैले काम छाडेर माग पूरा गराउन दवाव दिइरहेका छन्। ३२० जना मजदुर ट्रेड युनियनमा आवद्ध छन्।
 
‘हामीले व्यवस्थापन तहका कर्मचारीलाई काम गर्न अवरुद्ध गरेक छैनौं’ दाहालले भने। विगतदेखि पाउँदै आएका सेवा सुविधा पछिल्लो समय व्यवस्थापनले खोसेको, काम गर्दा अपमानित गरेका कारण आन्दालित भएको उनले बताए। विगतमा पाएको विदाको सुविधा काटिएको,सामुहिक सौदावाजीको व्यवस्थाअनुसार गरिनुपर्ने सेवा सुविधा बृद्धिको कुरा आधिकारीक ट्रेड युनियनले माग राख्दा पनि बेवास्ता गरेकाले आजदेखि युनियनमा आवद्ध मजदुरहरु काम छोडेर हड्तालमा उत्रिएको दाहालले जानकारी दिए।
 
पछिल्लो समय व्यवस्थापनमा आएका चारजना भारतीयहरुले नेपाली श्रमिक तथा कर्मचारीमाथि दुर्व्यवाहर गरेको उनको आरोप छ। काम छाडेर मजदुर हड्तालमा उत्रिएपछि समस्या समाधानका लागि वार्ता भइरहेको छ। ‘अहिले पनि हामी वार्तामै छौं, समस्या समाधानका प्रयास भइरहेका छन्’ दाहालले सेतोपाटीसँग भने।
 
Published on: 16 June 2019 | Setopati

Back to list

;