s

हायात होटेल ५ दिनदेखि बन्द

मजदुर हडतालका कारण पाँचतारे होटेल हायात पाँच दिनदेखि बन्द छ । मजदुरको सुविधा कटौती र सन् २००६ मा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै मजदुर युनियनले आन्दोलन गरेपछि होटेल बन्द भएको हो । पाइरहेको  सुविधा गत जनवरीदेखि घटाउन थालेको र छलफलबाट समस्या समाधान नभएपछि आन्दोलन गर्नुपरेको आधिकारिक ट्रेड युनियन, अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ हायात होटेलका अध्यक्ष मुक्ति दाहालले बताए । 
 
उच्च व्यवस्थापनका पदमा लिइएका भारतीय कर्मचारीले नेपाली मजदुरलाई अनावश्यक टर्चर दिएको उनको दाबी छ । उनले भने, ‘व्यवस्थापनले संवेदशील भएर मजदुरका विषयलाई नलिएका कारण बन्द नै गरेर आन्दोलनमा उत्रिएको बताए ।’ आवास कोषमा कुल नाफाको ५ प्रतिशत विनियोजनबाट जम्मा भएको १७ करोड ९५ लाख रकम व्यवस्थापनले दुरुपयोग गरेको अध्यक्ष दाहालको दाबी छ।
 
होटेल बन्द भएपछि पाहुनालाई होटेल याक एन्ड यतीमा सारिएको छ । तर, मानव संसाधन विभागका एक अधिकारीले होटेलको मजदुर युनियनका तर्फबाट अघि सारिएका मुद्दा सत्य नभएको र अपर्झट होटेल बन्द गरेर कर्मचारी आन्दोलनमा उत्रिएको बताए । होटेलमा ३ सय ५० कर्मचारी तथा मजदुर कार्यरत छन् । 
 
Published on: 18 June 2019 | Naya Patrika

Back to list

;