s

हुन्डीको आशंकामा ४७ लाख जफत

काठमाडौं– महाबौद्धको न्यु पायल इम्पेक्सका छापा मारेर प्रहरीले ४७ लाख रुपैयाँसहित भीमसेन शर्मालाई पक्रेको छ । हुन्डीको कारोबार हुने सूचनाका आधारमा इम्पेक्समा छापा मारेको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ।
 
महाशाखाले मंगलबार विज्ञप्तिमार्फत नेपाल राष्ट्रबैंकबाट इजाजत लिँदा अनिवार्य रुपमा पालना गर्नुपर्ने सर्त उल्लंघन गरी हुन्डीको कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा छापा मारिएको जानकारी दिएको छ । सोमबार बेलुका छापा मार्दा फेला परेको रकमको स्रोत देखाउन नसकेपछि शर्मालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
 
महाशाखाका अनुसार सो इम्पेक्सका सञ्चालक पवन जमलिया हुन् । प्रहरीले छापा मार्दा उनी कार्यालयमा नभेटिएपछि प्रहरीले उनको लेखापाल शर्मालाई पक्रेको हो । सो इम्पेक्समा फेला परेको रकम, विभिन्न बैंकको चेक र भौचरसहित शर्मालाई राजस्व छलीतर्फ अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग बुझाएको महाशाखाले जानकारी दिएको छ।
 
Published on: 2 March 2016 | Nagarik
 

Back to list

;