s

हुन्डी कारोबारीबाट ५५ लाख बरामद

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पक्राउ गरेका ५ व्यक्तिलाई बिहीबार सार्वजनिक गरेको छ । प्रहरीले उनीहरूबाट ५५ लाख रुपैयाँ, ल्यापटप तथा डायरीलगायतका सामान बरामद गरिएको जनाएको छ ।

धनुषाका नायब प्रहरी उपरीक्षक मनोजकुमार यादवका अनुसार जनकपुर उपमहानगर पालिकाको राष्ट्रिय वाणिज्य बैंक रहेको भवनको भुइँतलास्थित गल्लीबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रघुनाथपुर ४ का ३७ वर्षीय महादेव राउत, एकरहिया १ का २० वर्षीय अरुण दास, रघुनाथपुर ४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिकामा बस्दै आएका ३४ वर्षीय विष्णुदेव राउत, सवैला नगरपालिका २ का ४० वर्षीय विन्देश्वर राउत र रघुनाथपुर ४ का २० वर्षीय रोशनकुमार महरा छन् ।

Published on: 19 May 2017 | Kantipur

Back to list

;