s

होटल सञ्चालक र मजदुरबीच सम्झौता, तोकियो न्यूनतम मासिक तलब

होटल सञ्चालक र मजदुहरुबीच बन्द भएको अवस्थामा पाउने सेवा सुविधा सम्बन्धि विवाद समाधान भएको छ । मजदुरहरुका प्रतिनिधिमुलुक संगठन र होटल सञ्चालकहरुको एसोसिएशन बीच सम्झौता भएसँगै विवाद मिलेको हो। चैत ११ गतेदेखि लकडाउन लागू भएपछि वैशाखदेखि व्यवस्थापक र मजदुरहरुबीच विवाद रहँदै आएको थियो।

नयाँ सम्झौताअनुसार अव होटलहरुमा कार्यरत मजदुरहरुले होटलको स्तरअनुसार न्यूनतम सेवा सुविधा पाउने भएका छन्। होटल संघ नेपालसँग भएको सम्झौताअनुसार दुई सय बढी कोठा भएका होटलहरुमा कार्यरत श्रमिक कर्मचारीले महिनामा १० हजार रुपैयाँ पाउने छन्।

त्यस्तै २ सय भन्दा न्यून कोठा भएका पाँचतारे होटलका श्रमिक कर्मचारीले ९ हजार पाउने छन् भने एक सय बढी कोठा भएको चार होटलमा कार्यरत मजदुरहरुले ८ हजार ४५५ रुपैयाँ पाउने छन्।

एकसय भन्दा न्यून कोठा भएका चार तारे होटलका कर्मचारीले महिनामा ८ हजार रुपैयाँ पाउने छन् भने तीन तारे होटल वा सोही सरहका रिसोर्टका मजदुरले ५ हजार पाउने छन्।

सम्झौताअनुसार दुई तारे होटलले महिनामा प्रति मजदुर ४ हजार ३ सय रुपैयाँ दिने छन् भने एक तारे वा अन्य पर्यटकस्तरीय होटलमा आपसी सम्झौताको आधारमा सुविधा उपलब्ध हुने छ।

सम्झौतामा सन् २०२० डिसेम्बरसम्मलाई होटल बन्द भएको अवस्था मानिएको छ। त्यसैले सोही मितिसम्म यस्तो सुविधा मजदुरहरुले पाउने छन्।

यद्यपी बीचमै होटल सञ्चालन आएर आलोपालो काम लगाएको खण्डमा भने काम गरेकाहरुले सोहीअनुसारको सेवा सुविधा पाउने छन्। सम्झौताबाट तोकिएको तलब कुनै पनि काम नगरेको अवस्थामा मात्र लागू हुने छ।

Published on: 20 July 2020 | Setopati

Link

Back to list

;