s

हङकङमा निर्माण क्षेत्रमा एक नेपालीको मृत्यु

अनोज रोक्का

हङकङ : हङकङमा निर्माण क्षेत्रमा काम गर्ने ३७ वर्षीय शरण गुरुङको निधन भएको छ । उनी हङकङ स्थित निर्माणाधीन तेश्रो रनवेमा कार्यरत थिए ।

दिउँसोको खाना खाइसकेपछि निर्माण क्षेत्रभित्रै काम गर्ने क्रममा डिप सिमेन्ट मिक्सिङ मेशिनको फलामे डोरी चुट्टिएर शरणको टाउकोमा लागेको प्रत्यक्षदर्शी बताउँछन् । गम्भीर अवस्थाका उनलाई तत्काल नर्थ लान्ताउ अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

पुर्खेयौली थलो लमजुङ रहेको उनी हाल नेपाल चितवनबासी हुन् । करिब एक वर्षअघि विवाह गरी हङकङ आएका उनी श्रीमती र बच्चासहित हङकङस्थित युङ्लोङमा बसिरहेका थिए । मृतक शरण चाइना हार्वर र पेनस्टोन कम्पनी अन्तरगत दोङ्आ सवकम्पनीका लागि कोने ईन्जिनियरिङ कन्सक्ट्रन कम्पनीका कामदार थिए ।

सुरक्षाको दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिएको निर्माण क्षेत्रमा अधिकांश नेपालीहरु कार्यरत छन् । दैनिक ज्याला आकर्षक भएकाले पनि जोखिम मोलेर यस क्षेत्रमा लागेको पाइन्छ । हरेक वर्ष निर्माण क्षेत्रमा हुने विविध दुर्घटनामा नेपालीले ज्यान गुमाइरहेका छन् ।

Published on: 1 July 2020 | Annapurna Post

Link

Back to list

;