s

हत्या आरोपमा नेपाली कामदारलाई कतारमा मृत्युदण्डको फैसला

कतारको प्राथमिक अदालतले एक नेपालीलाई कतारी नागरिकको हत्यामा मृत्युदण्डको सजाय सुनाएको छ । न्यायाधीस मुस्तफा अल वेदाहेवी सहितको संयुक्त इजलासले महोत्तरी जिल्ला औरही घर भएका अनिल चौंधरीलाई मृत्युदण्डको सजाय सुनाएको हो ।
 
नेपालबाट कामको लागि कतार आएका अनिल एक कम्पनीमा लेवरको रुपमा कार्यरत थिए । कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमजालनी अल नाउइमीको हत्या गरेको आरोपमा सन् २०१७ अपि्रल १७ मा उनी पक्राउ परेका थिए । यस्तै कतारस्थित नेपाली दुतावासले भने उनको जीवन रक्षाको लागि कतारको सर्वोच्च अदालतमा अपिल गरेको छ ।
 
कतारस्थित नेपाली दुतावासले नेपाल सरकारसँग उनको जीवनरक्षाको लागि पहल गर्न तीस हजार रियाल (करिब साठी लाख रुपैंया) माग गरेको छ । दुतावासको उक्त प्रस्तावबारे परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा छलफल भैरहेको छ ।
 
नेपाली कामदारले कतारमा कतारी नागरिकको हत्या गरेको यो पहिलो घटना हो । यस्तै अन्य १० नेपाली कामदारहरु भने आफ्नो सहकर्मीको हत्या गरेको आरोपमा कतारमा जेल सजाय काट्दै छन् ।
 
Published on: 4 June 2018 | Onlinekhabar

Back to list

;