s

हालसम्म ७७० नेपाली अफगानिस्तानबाट फर्किए

कान्तिपुर संवाददाता 

काठमाडौँ — नेपालले विभिन्न मुलुकको सहयोगमा मंगलबार बेलुकीसम्म ७७० नेपालीलाई अफगानिस्तानबाट उद्धार गरेर काठमाडौं ल्याएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना तथा कतार यएरको उडानबाट ९ जना समेत गरि ११२ स्वदेश फर्किएका छन् । 

मन्त्रालयले अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लन्डन र नयाँ दिल्लीमा रहेका नेपालीहरुलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको जनाएको छ ।

मन्त्रालयले काबुलमा नागरिक उड्‌डयन सेवाको जहाजको आगमन-अवतरण हालसम्म खुला नभइसकेकाले नेपालले आफ्नै विमान पठाएर त्यहाँ रहेका नेपालीको उद्धार गर्ने अवस्था नरहेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए । उनले अहिलेका लागि नेपालले अन्य मुलुकहरुको सहयोगमा नै आफ्ना नागरिकलाई उद्धार गर्नुको विकल्प नरहेको पनि बताए ।

नेपाल सरकारले अहिलेसम्म अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरे पनि हालसम्म कति नेपाली छन् भन्ने तथ्यांक संकलन गर्न सकेको छैन ।

Published on: 25 August 2021 | Kantipur

Link

Back to list

;