s

गुल्मीका कमल २१ दिनदेखि मलेसियामा सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

 टोपलाल अर्याल

 

रोजगारका लागि मलेसिया पुगेका रेसुंगा नगरपालिका– ७ का ३६ वर्षीय कमल नेपाली सम्पर्कविहीन भएका छन्। उनी भदौ २१ गतेदेखि परिवारको सम्पर्कमा नभएको श्रीमती माया नेपालीले बताइन्। कमल ०६८ सालदेखि मलेसियाको HLRB PROCESSING SDN कम्पनीमा कार्यरत छन्।

उनको भदौ २१ गतेसम्म परिवारसँग सम्पर्क भएको थियो। भदौ २३ गते साँझ कमलका साथीहरूले परिवारलाई फोन गरे। साथीहरूका अनुसार कमललाई मलेसिया प्रहरीले भदौ २२ गते पक्राउ गरेको छ। पक्राउ पर्नुको कारण साथीहरूले खुलाएनन्। परिवार झनै अनभिज्ञ छ। ‘परदेशको कुरा पक्राउ परे वा अरू केही भयो अत्तोपत्तो छैन,’ मायाले रुँदै भनिन्,’ मैले कहाँ गएर गुहार मागौँ।’ कमल पछिल्लो समय ०७६ माघमा मलेसिया गएका थिए।

कमलको खोजी गरिदिन आमा बाटुवा नेपाली र श्रीमती पत्रकारहरू खोज्दै तम्घास आएका छन्। मलेसियामा कमलसँगै धुर्कोट गाउँपालिका– ६ का धनुष जिसी कोठामा बस्दै आएका थिए। अहिले परिवारले केहिलेकाहीँ मलेसियामा रहेका जिसीसँग सम्पर्क गर्ने गरेका छन्। चाडपर्वका वेला परदेश पसेको आफन्त बेपत्ता भएपछि परिवार शोकमा डुबेको छ। ‘दसैँमा सबैको परदेशी घर आउँदा छोराको अत्तोपत्तो छैन,’ आमाले गहभरि आँसु बनाउँदै भनिन्, ‘पत्रकारहरूले न्याय दिनुहोस्।' कमलको श्रीमती, एक छोरा र एक छोरी रहेका छन्। श्रीमती मायाले १०औँ वर्ष एउटै कम्पनीमा बिताएको कमलको विषयमा कम्पनीले समेत परिवारलाई कुनै जानकारी नदिएको गुनासो गरिन्।

Published on: 29 September 2021 | Nayapatrika

Link

Back to list

;