s

गुल्मीमा १५ बालश्रमिकको उद्धार

जिल्ला प्रहरी कार्यालय गुलमीले जिल्ला बाल कल्याण समितिसँग सहकार्य गरी १५ बालश्रमिकहरूको उद्धार गरेको छ । पछिल्लो ६ महिनाको समयमा रेसुङ्गा नगरपालिकामा संचालन भएका होटल तथा रेष्टुरेन्टबाट १५ जना श्रमिक बालबालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।

बालश्रमिकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिए । उनले अभिभावकहरूलाई पनि अब आइन्दा बालबालिकालाई त्यसरी नछाड्न सुझाव दिएको बताए ।

यस्तै प्रहरीले जिल्ला प्रशासन कार्यालय गुल्मीको सक्रियतामा बाबुले आमालाई कर्तव्य गरेपछि बिचल्लिमा परेका तीनजना बालबालिकाहरुलाई सम्बन्धित सरोकारवाला निकायको सहकार्यमा उद्धार गरी एसओएस बालगृह काठमाडाैंमा पठाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।

Published: 21 January 2019 | Onlinekhabar

Back to list

;