s

'गोर्खा भर्ती बन्द गरे आन्दोलन'

भूतपूर्व गोर्खा सैनिकहरूले सरकारले गोर्खा भर्ती रोक्ने निर्णय गरे त्यसको प्रतिवादमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

भूपू सैनिक कल्याण क्लब बुटवलका सचिव क्याप्टेन विष्णुप्रसाद श्रेष्ठलेउक्त निर्णय तत्काल सच्चाउन र भर्ती केन्द्र परम्परागत रूपमा सुचारु गर्नपनि आफूहरूले दबाब दिने बताए । भूपू सैनिक कल्याण क्लबले बुटवलमा आयोजनागरेको पत्रकार सम्मेलनमा उनले भने, 'युवाको चाहना र देशको स्थिति नबुझीउहाँहरूले भर्ती केन्द्र बन्द गराउने निर्णय गर्नुभएको हो । यस्तो कदापिहुन दिनु हुन्न ।'

भूपू सैनिकहरूले गोर्खा भर्तीमा जाँदा नेपाली युवाको बेइज्जती हुने भन्नेमाओवादी पाटी र संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिकोतर्कको खण्डन गरेका छन् । नेपाली पुर्खाले देखाएको बहादुरीको कदर गर्दैगोर्खा भर्ती लिने परम्परा बसेकाले गोर्खा भर्ती इतिहास र पुर्खाको सम्मानभएको उनीहरूको जिकिर छ । भूपू सैनिक क्लबका अध्यक्ष क्याप्टेन पदमबहादुरपुनले भने, 'गोर्खा भर्तीकै माध्यमबाट हामीहरूले विश्वभर आफ्नो बफादार, पराक्रम र बहादुरी देखाउन पाएका छौं ।'

गोर्खामा जानेले केही नठानेपछि यहाँ बस्नेले त्यसलाई अपमानको बिल्ला बनाएरबन्द गर्ने क्रियाकलाप गर्नु सरासर गलत हो ।' गोर्खा सैनिकहरूले सक्ने भएनेपालले भारत र खाडी मुलुकमा अपमानजनक काम गर्न जाने लाखौं युवालाई रोक्नचेतावनी दिए । अध्यक्ष पुनले भने, 'जहाँ वेश्यावृत्तिसम्मका काम गर्ननेपाली चेलीहरू बाध्य छन् ती देशका र युवाका समस्या समाधान गर्नुपर्छ ।अनिमात्र गोर्खा सैनिक बन्द गर्नु उचित हुन्छ ।'

तथ्यांक अनुसार वाषिर्क रूपमा अहिले भारतमा एक हजार र बेलायतमा एक सय ३०जना नेपालीहरू भर्ती गर्ने नियम छ । आफ्नै देशमा गोर्खालीहरू बढेपछि तीदुवै देशले अहिले नेपालबाट भर्ती गरेर लैजान अप्ठ्यारो मानेका छन् ।

Published on: 18 April 2012 | Kantipur

Back to list

;