s

गोकर्ण बिष्टलाई प्रश्न- मलेसिया अहिलेसम्म किन खुलेन?

मनोज सत्याल
 
वार्षिक ७६ अर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिने श्रम गतव्य मुलुक मलेसियामा दश महिना यता नेपाली कामदार जान पाएका छैनन्।सरकारले मलेसिया जाने कामदारबाट विभिन्न नाममा चर्को मुल्य असुली गरेको भन्दै गत जेठमा मलेसियाको श्रम स्वीकृति बन्द गर्ने निर्णय गर्‍यो।
 
पाँच महिनापछि कात्तिक १२ गते नेपाल र मलेसियाबीच श्रम सम्झौतामा हस्ताक्षर भयो। सम्झौताले नेपाली कामदारका लागि बिना नि:शुल्क मलेसिया श्रम गतव्य बनाउने बाटो खुल्ने भनियो। तर सम्झौताको पाँच महिना बित्दासमेत मलेसियामा नेपाली जान पाएका छैनन्। यसै विषयमा हामीले नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई मलेसिया किन खुलेन भनेर प्रश्न गरेका छौं।
 
Published on: 24 March 2019 । Setopati

Back to list

;