s

धुर्कोट गाउँपालिकाले दियो १५० लाई रोजगारी

गुल्मीका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिन सुरु गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १५० जनालाई रोजगार प्रदान गरेको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

गाउँपालिका भित्र बिभिन्न क्षेत्रमा काम गर्ने गरी रोजगार प्रदान गरिएको हो । ३० दिन बराबरको काम गर्ने गरी रोजगार कार्यक्रमको शुक्रबार एक समारोहको आयोजना गरेर सुभारम्भ गरिएको छ । गाउँपालिकाले रोजगारीमा छनोट भएकाहरुलाई आवश्यक सामग्रीसमेत हस्तातरण गरिएको छ । रोजगार कार्यक्रम अन्र्तगत ४ जना स्वास्थ्य संस्थामा, १५ जना कृषि र पशुपालनमा, १५ जना सिँचाइ कुलो मर्मतमा, ७ जना विद्युत मर्मतमा, १५ जना खानेपानी मर्मतमा ८१ जना सडक मर्मतमा काम गर्ने गरी रोजगार प्रदान गरिएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।

छनोट भएकाहरुले गाउँपालिका भित्र तोकिएको ठाउँमा काम गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यो आर्थिक वर्ष १५० जनालाई रोजगार प्रदान गरेपनि अर्को आर्थिक वर्षमा थप गरिने अध्यक्ष पोखरेलले बताए । गाउँपालिका भित्र वडाहरुमा बेरोगार दर्ता संकलन गरिए अनुसार घरमा कुनैपनि रोजगारीमा नगएका, एकल महिला र बिपन्न परिवारलाई रोजगारी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । रोजगार कार्यक्रम अन्र्तगत प्रतिदिनको ५१७ रुपैयाँ पाउने गाउँपालिकाले जनाएको छ । धुर्कोट गाउँपालिका १२ सयले बेरोजगार सूचीमा नाम दर्ता गराएका थिए । गाउँपालिका श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टको क्षेत्र हो । गुल्मीका अन्य स्थानीय तहले पनि रोजगारी दिनको लागि तयारी गरिरहेका छन् ।

Published on: 1 June 2019 | Onlinekhabar

Back to list

;