s

घुम्दैफिर्दै दोहा

सुशील पौडेल

कतारको दोहामा हुन लागेको नेपाली शुभकामना साँझका लागि नेपालबाट नाचगान र रमाइलोको प्याकेज लिएर महानवमीका दिन दर्जनौं कलाकार उता जाँदै छन् । मल अफ एसियाको प्रायोजनमा जान लागेको टोलीमा सम्मिलितमध्येकी गायिका कोमल वली शुभकामना साँझलाई लिएर बढी नै उत्साहित रहेको बताइन् । 'हेल्लो दोहा, गेट रेडी आई एम कमिङ,' गायिका वलीले कतारमा रहेका नेपालीका लागि अगि्रम सन्देश दिँदै भनिन्, 'रातो टीका र जमरा लिएर दसैंको शुभकामना र इद मुबारक गर्न म छिट्टै आउँदै छु । तयार भएर बस्नुहोला ।' उनका गीत पनि दसैंलाई नै सम्झाउने र तन्नेरीलाई उचाल्ने खालका हुनेछन् । 'यहाँदेखि र्गइसकेपछि त दर्शक-श्रोतालाई के नउचाली र्फकनु त ?' उनले भनिन् ।

'आयो आयो दसैं आयो सबैको मनमा खुसी छायो...' गाएर प्रस्तुतिको सुरुवात गर्ने सोचमा रहेकी कोमल वलीले त्यसपछि 'दोहातिर म आउँदा खेरी भेटिएलाकी गजबको तन्नेरी...' जस्ता गीतले तन्नेरीलाई चुनौती दिने बताइन् । 'मनमा आँट भका र गोजीमा गाँठ भएकालाई नचाउने छु । उहाँहरू थाक्ने कि म थाक्ने ? प्रतिस्पर्धा त्यहाँ पुगेपछि दह्रो हुनेछ,' उनले दाबीका साथ भनिन् । शुभकामना साँझमा कोमल वलीसँगै नायक राजेश हमाल पनि हुनेछन् । यसै वर्ष वलीसँग फिल्म 'राजनीति' समेत खेलेका नायक हमाल अघिल्लो दसैंमा युरोप, अमेरिकाको भ्रमणमा निस्किएका थिए । यसपालि उनको उपस्थिति नै दोहाबासीका लागि सुखद् हुने देखिएको छ । समावेशी चरित्रको टोलीमा भोजपुरी गायिका अञ्जना सिंह, भोजपुरी गीतकी डान्सर बबी रोजदेखि हास्यकलाकार सुदीप क्षेत्री, दोहोरी गायक खुमन अधिकारी मात्रै नभई नायिकाहरू सुमिना घिमिरे र पि्रयंका कार्की पनि साथमा मनोरञ्जनको खुराक लिएर आउने भएका छन् । टोलीमा नायक हमालसहित अर्का नायक गजित विष्टको पनि प्रस्तुति हुनेछ भने गायकमा शिव परियार पनि दोहाका नेपालीका लागि भनेर एक्सक्लुसिभ गीतहरूको प्याकेजसहित तयारी गरिरहेका छन् ।

'यसपटक म बन्दै गरेको नयाँ फिल्म 'लम्फू' को बिल्कुलै फरक गीत पहिलो पटक दोहामा गाउँदै छु । यसकारण पनि यो भ्रमणबाट म बढि उत्साहित छु,' गायक शिव परियारले भने । कतार भ्रमणमा यसपालि हृयाटि्रक मार्न लागे पनि शिव योपटकको भ्रमण सनसनी हुने ठोकुवा गर्छन् । 'कहाँ थियौ तिमी...,' 'क्या दामी भो...' जस्ता हिट नम्बर त स्टेजमा दोहोरिहाल्नेछ । त्यसबाहेक पनि तीन गीतहरू मैले त्यहाँ एक्सक्लुसिभ रूपमा गाउँदै छु' उक्त गीतहरूमध्ये अर्को वर्ष आफ्नै एल्बम 'शिवबुक' मा समेट्न लागेको नयाँ गीत 'मलाई जालैमा पार्‍यो फेसबुकले...' सहित 'टाढाको साथी...' र 'लम्फू' फिल्मको आइटम सङ 'चाहे गोजीमा सुक्कै नहोस् यार...' हुनेछन् । पोहोर दसैंको बेलामा अस्टे्रलिया पुगेका शिव दसैंभन्दा ठूलो करिअर मान्ने भएकोले पनि विदेशमा रहेका नेपाली दाजुभाइसँग मनाउँदा पनि खल्लो नहुने आशा लिएका छन् रे ।

पहिलोचोटि कतार जान लागेकी नायिका सुमिना घिमिरेलाई दसैंमा घर छोड्दा कताकता खल्लो त लागेको छ रे । उनी भन्छिन्, 'तर पनि त्यहाँका दाजुभाइसँग परिवारजस्तै गरी दसैंमा रमाउने छु ।' उनले रमाउनका लागि नृत्य प्रस्तुत गर्ने तयारी गर्दै छिन् । 'दुलही' फिल्मको 'राम्री पनि भाकी छु...' सोलो नाचेपछि उनी नायक गजित बिष्टसँग 'मुग्लान' फिल्मको 'दसैं आयो...' र अर्को एकमा नाच्ने तयारी गरिरहेको सुनाइन् । चारवटा प्रस्तुति दिने तयारीमा रहेका गजित भने एकमा सोलो प्रस्तुति देखाएपछि अर्को गीतमा नायिका पि्रयंका कार्कीसँगै नाच्ने भएका छन् । यसअघि पनि दुईपटक कतारमा नाच देखाउन पुगेका गजितका लागि यो भ्रमण केही खास रहेछ । 'अघिल्ला बेला म केवल डान्सरको परिचयमा मात्रै गएको थिएँ । यसपालि जाँदा नायकको परिचय पनि थपिएको छ,' 'मायाज बार' बाट अभिनयमा छिरेका विष्टले भने । दसैंमा पहिलोपटक घर छोडेर जान लागेको बताउने गजितले दोहाबासीका लागि लोकदेखि हिपहप, डान्सिङ नम्बर र रोमान्टिक सबै शैलीका नाचको फ्युजन पस्किएर रमाइलो गर्ने/गराउने बताए ।

Published on: 12 October 2013 | Kantipur

Back to list

;