s

घट्यो रेमिट्यान्स

काठमाडौं : सबैभन्दा धेरै पैसा पठाउने समयमै रेमिट्यान्स घटेको छ। चाडपर्वमा विदेशबाट घरपरिवारलाई पैसा पठाउने समयमा रेमिट्यान्स घटेको छ। अघिल्लो वर्षको दसैंतिहारको तुलनामा यस वर्ष १२.७ प्रतिशतले रेमिट्यान्स घटेको छ। समीक्षा अवधिमा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ।

असोज महिनामा २ खर्ब २९ अर्ब ३२ करोड रेमिट्यान्स आएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १२.७ प्रतिशतले कमी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा रेमिट्यान्स ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो।

चालू आर्थिक वर्षको तीन महिनामा रेमिट्यान्स घटेको छ। भदौको तुलनामा असोजमा रेमिट्यान्स बढे पनि अघिल्लो वर्षको सोही अवधिमा घटेको हो। भदौमा रेमिट्यान्स १ खर्ब ५५ अर्ब ३७ करोड रेमिट्यान्स आएको थियो। नेपाल राष्ट्र बैंकका अनुसार असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिने (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकरण) लिनेको संख्या ६६ हजार ३ सय १६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा ९६.८ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीमा पुनः श्रमस्वीकृति लिने असोजमा उल्लेख्य वृद्धि भई ३४ हजार ८ सय २३ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७८.६ प्रतिशतले घटेको थियो।

Published on: 18 November 2021 | Annapurna Post

Link

Back to list

;